मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

स्वास्थ्य सामग्री खरिदबारे छलफल लेखा समितिले बोलायो स्वास्थ्यमन्त्रीलाई

स्वास्थ्य सामग्री खरिदबारे छलफल लेखा समितिले बोलायो स्वास्थ्यमन्त्रीलाई

काठमाडौं । स्वास्थ्य सामग्री खरिदमा अनियमितताको आशंकामा छानबिन गरिरहेको संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई छलफलका लागि बोलाएको छ ।

शुक्रबार दिउँसो १ बजे बसेको  बैठकमा स्वास्थ्यमन्त्रीलाई बोलाइएको लेखा समिति सभापति भरतकुमार शाहले जानकारी दिएका छन् । समितिले ४  महिना अघि नै यस विषयमा छलफलका लागि मन्त्री ढकाललाई बोलाउने निर्णय गरेको थियो । 

२०७६ चैतमा चीनबाट स्वास्थ्य सामाग्री खरिदको जिम्मा सरकारले ओम्नी बिजनेस ग्रुप अफ कम्पनीलाई दिएको थियो । तर कानुनी प्रावधान पलना नगरी अनुभवहीन कम्पनीलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको भन्दै विरोध भएको थियो । तर सम्झौता बमोजिम स्वास्थ्य सामाग्री नेपाल नल्याउँदै सरकारले एकतर्फी रुपमा खरिद सम्झौता भङ्ग भएको घोषणा गरेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend