logo

२०८१ माघ ११ शुक्रबार

logo
  • शुक्रबार, ११ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न साँस्कृतिक समुह सहितको टोली कोलकता प्रस्थान

    कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न साँस्कृतिक समुह सहितको टोली कोलकता प्रस्थान

    651
    Shares
    कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न साँस्कृतिक समुह सहितको टोली कोलकता प्रस्थान

    काँकडभिट्टा । हिमालयन ओरेन्ज टुरिजम फेस्टिवलको लागि कोशी प्रदेशको टोली कोलकता प्रस्थान गरेको छ । बिभिन्न साँस्कृतिक समुहहरू सहित १५० भन्दा बढी सहभागी ओरेन्ज महोत्सवकोलागि कोलकता प्रस्थान गरेको हो ।

    कोलकता प्रस्थान गर्नु अघि पर्यटन कार्यालय काँकडभिट्टाको ब्यवस्थापनमा ग्रीन जेनेरेशन झापाले पत्रकार सम्मेलन गर्दै भारतमा हुने ओरेन्ज महोत्सव नेपालको पर्यटन प्रवर्द्धनसँग समेत जोडिएको जानकारी गराईएको थियो ।

    पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाले कोशी प्रदेश भ्रमण बर्षको पूर्बसन्ध्यामा यो कार्यक्रम भएकोले कोशी प्रदेशको प्रचार प्रसार गर्नुपनि रहेको बताए । उनका अनुसार, कोशी प्रदेश भ्रमण बर्षको सन्दर्भ पारेर कोशीमा पर्यटक भित्र्याउन मुद्रा सटहीलाई ब्यबस्थापन भएको बताए । सिमा नाका अध्यागमन कार्यालयले कामलाई सहज बनाएको र पर्यटक गाडीलाई स्टिकर दिएपछि सहज बनाउने काम शुरू भएको उल्लेख गरे ।

    ग्रीन जेनेरेशन झापाका महासचिव मन्जिल देवानले कोशी प्रदेशबाट नेपालको प्रतिनिधित्व गर्दै जाने टोलीले कोशी प्रदेशको पर्यटन क्षेत्रको प्रचार प्रसार, गन्तब्य, कोशी प्रदेशका विभिन्न सँस्कृति र संस्कारलाई त्यहाँ चिनाउन भुमिका खेल्ने बताए ।

    पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका प्रमुख सचेतक गोपाल तामाङले कोलकतामा हुने मेलाले कोशी प्रदेशको मात्र हैन नेपालकै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । नेकपा एमाले कोशी प्रदेशसभाका सचेतक ललिताकुमारी चौधरी, प्रदेशसभा सदस्यहरू राधाकृष्ण खनाल, सुनिता कुमारी गच्छदार र सुनिता गुरूङको सहभागीता रहेको छ । पर्यटन प्रवर्द्धनको लागि कोशी प्रदेश सभा सदस्यहरू पनि कोलकता प्रस्तान गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend