logo

२०८१ माघ २५ शुक्रबार

logo
  • शुक्रबार, २५ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    आज २०८१ साल मंसिर २० गते बिहीबारको राशिफल

    आज २०८१ साल मंसिर २० गते बिहीबारको राशिफल

    2.8K
    Shares
    आज २०८१ साल मंसिर २० गते बिहीबारको राशिफल

    मेष : दिन राम्रो छ। शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। राज्यका तर्फबाट त्रास हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

    वृष : तपाईंका काममा परिवारबाट विरोध हुनेछ। परिवारमा संकट भए पनि स्वास्थ्यले साथ दिनेछ। स्वदेशमा रोजगारीका विकल्प भेटिनेछन्। ठुला उद्योगको सुरुवात गर्नुभन्दा भएको सम्पत्तिको सुरक्षा गर्नु राम्रो हुनेछ।

    मिथुन : सञ्चित धन खर्च हुनेछ। खानपानमा ख्याल नगर्नाले स्वास्थ्यमा समस्या हुनसक्छ। बाहिर बस्दा खुशी भए पनि घरभित्र मन अशान्त हुनसक्छ। परिवारको सल्लाह अनुसार अगाडि बढेमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

    कर्कट : हरेक क्षेत्रमा सफलता प्राप्त हुने दिन छ। बिहान धार्मिक कार्यमा सक्रिय भएर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा राम्रो वातावरण भएकाले मन खुशी हुनेछ।

    सिंह : आफ्नै साथीले विरोध गर्नेछन्। खानपानमा समस्या हुनसक्छ। साथीभाइसँगको सहकार्यमा घाटा हुनेछ। बिहान उठेर सूर्यलाई अर्घ दिएर दिनको सुरुवात गरेमा दैनिक काम सहजै बन्नेछन्।

    कन्या : दिन राम्रो छ। मन खुशी हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। विपक्षी शान्त रहेकाले काम गर्न सहज हुनेछ। परिवारको साथ मिल्नेछ।

    तुला : चिसोले सताउने जोखिम छ। जाडोबाट बच्नु राम्रो हुनेछ। बौद्धिक व्यक्तिको सल्लाहमा अगाडि बढेमा काम सहजै बन्नेछ। परिवारले भन्दा बाहिरका साथीले प्रशंसा गर्नेछन्।

    वृश्चिक : राम्रो बोल्छु भन्दा नराम्रो शब्द सार्वजनिक हुनसक्छ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। आर्थिक र सामाजिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। न्यायको लडाइँमा भए तपाईंको पक्षमा फैसला हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

    धनु : बोलीको प्रभावले राम्रो काम बन्नेछ। मनमा भएका कुरा भन्नु राम्रो हुनेछ। रोगबाट मुक्त हुने योग छ। स्वास्थ्यमा लामो समयदेखि देखिएको समस्याको उपचार हुनेछ। साथीभाइको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ। दक्षिणको यात्रा नगर्नु राम्रो हुनेछ।

    मकर : आफ्नै राशिमा चन्द्रमा पुगेकाले दिन रमाइलो छ। राज्यका तर्फबाट राहत मिल्नेछ। माथिल्लो निकायबाट प्राप्त हुने सहयोगले मन शान्त हुनेछ। अन्त्य साढेसाती दशाको असरबाट बच्न पिपलको दर्शन गर्नु राम्रो हुनेछ।

    कुम्भ : सञ्चित धनको खर्च हुनेछ। सोचेका काममा बाधा र अड्चन हुनेछ। शरीरमा आलश्यता बढ्नेछ। बिहान उठेर शिवको भजन सुन्न सकेमा दिन सहज बन्नेछ। परिवारले साथ दिनेछ।

    मीन : आम्दानीका दृष्टिले दिन राम्रो छ। आफ्न्तले भन्दा अपरिचित व्यक्तिले सहयोग गर्नेछन्। आफ्नो बोलीले आफैंलाई पश्चाताप हुनेछ। दाम्पत्य जीवन सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend