क्यामरुन । क्यामरुनको पश्चिम क्षेत्रको गाउँ नेमालेमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु भएको छ, भने १८ जना गम्भीर घाइते भएका छन् ।
७० जना यात्रु क्षमता भएको बस पश्चिमी सहर फउम्बानबाट राजधानी याउन्डे जाँदै थियो। क्यामरूनका प्रहरी आयुक्त मोन्टसुयोग मेम्पोउ पाउलिनका अनुसार यात्रुबाहक बस ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो ।
बस ट्रकसँग ठाक्किएपछि सडकबाट केही तल खोल्सामा खसेको र अधिकांश यात्रुको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।