logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • यमनमा नयाँ मन्त्रिमण्डल लक्षित विस्फाेट, कम्तीमा २२ जनाकाे मृत्यु 

    यमनमा नयाँ मन्त्रिमण्डल लक्षित विस्फाेट, कम्तीमा २२ जनाकाे मृत्यु 

    3.5K
    Shares

    काठमाडाैं । यमनको दक्षिणी शहर अदन स्थित विमानस्थलमा भएको विष्फोटमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । विष्फोटमा ५० भन्दा बढी मानिस घाइते भएका छन् ।

    नयाँ सरकारका सदस्यलाई छिमेकी मुलुक साउदी अरबबाट लिएर आएको विमान अवतरण भएपछि त्यहाँ विष्फोट भएको सुरक्षा अधिकारीले जनाएकाे बीबीसीले उल्लेख गरेकाे छ ।

    विष्फोटमा मारिएकाहरूमा अधिकांश सहायक कर्मचारी र अधिकारी रहेका छन् । 

    यमनका प्रधानमन्त्रीले आफू र आफ्नो मन्त्रीमण्डलका सदस्यहरू सकुशल रहेको जानकारी दिएका छन् ।

    यमन सन् २०१५ देखि निरन्तर गृहयुद्धमा छ । युद्धका कारण यमनमा हालसम्म १ लाख १० हजार बढी मानिसको मृत्यु भएको छ ।

    घटना हुनु केही समय अगाडिमात्र नयाँ मन्त्रीमण्डलका सदस्य त्यहाँ उत्रिएका थिए । मन्त्रीहरूको स्वागतमा उल्लेख्य संख्यामा मानिसहरू विमानस्थलमा भेला भएका थिए। 

    विष्फोटपछि त्यहाँ मानिसहरूको भागाभाग भएको थियो । विष्फोटको कारण अझसम्म पत्ता लागेको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend