काेराेना भाइरसकाे नयाँ भेरियन्ट (प्रकार) का कारण नयाँ वर्ष लक्षित गरी फ्रान्सले कर्फ्यु लगाएको छ। न्यु एयर इभमा हुने भिड नियन्त्रणका लागि फ्रान्सले एक लाख प्रहरी परिचालन गरी कर्फ्यु लगाएको बीबीसीले जनाएको छ ।
वर्षको अन्तिम रात हुने सम्भावित कारहरुको आगजनी नियन्त्रणका लागि पनि थप सुरक्षा बलको प्रयोग भएको उल्लेख छ।
फ्रान्समा हालसम्म २६ लाख कोभिड-१९ का केस सहित विश्वमा सबैभन्दा बढी प्रभावित हुने देशको सूचीमा पाँचौँ स्थानमा छ। त्यस्तै फ्रान्समा ६४ हजारको मृत्यु भइसकेको छ।
सुनसान रुपमा नयाँ वर्ष मनाउने तयारीमा फ्रान्स रहेको छ । पेरिसमा साँझदेखि आधा मेट्रो लाइनहरु बन्द रहनेछन् । देशभर सार्वजनिक यातायात बन्द गरिनेसमेत समाचारमा जनाइएकाे छ ।
अन्य देशमा के छ ?
युकेका प्रधानमन्त्री बोरिस जोनसनले पनि कडा प्रतिबन्धको घोषणा गरेका छन् । उनले आफ्ना नागरिकहरुलाई नियमको पालना गरी घरमै बसेर वर्षको अन्तिम रात र नयाँ वर्ष मनाउन आग्रह गरेका छन् ।
जर्मनीमा जनवरी १० सम्मका लागि लकडाउन गरिएको छ । यस्तै, स्कटल्याण्ड, आयरल्याण्ड, नेदरलेयाण्डले पनि कडा नियम लागू गरेको छ । न्यु इयर इभमा सर्वसाधारणलाई घरमै रहन निर्देशन दिइएको छ।
टर्कीमा पनि चार दिनको लकडाउन गरिएकाे छ ।
याे वर्रष युराेपका देशहरूमा सुनसान रूपमा न्यु इयर इभ मनाउने तयारी भइरहेकाे छ ।