शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

पछिल्लो २४ घण्टामा थपियो ५२२ जनामा कोरोना

पछिल्लो २४ घण्टामा थपियो ५२२ जनामा कोरोना

काठमाडौं  ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ५७८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । 

हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ । हाल देशभर ५ हजार २ सय २५ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घन्टामा ४ हजार ५ सय ५१ पीसीआर परीक्षण भएको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९३ पुगेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend