पुस २२ काठमाडौं , संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा परेका रिटमा आजदेखि सुनुवाई हुँदैछ। सम्पूर्ण रिटहरु आजदेखि संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो।
संसद विघटनविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु सन्तोष भण्डारी, कञ्नकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओली, शालिकराम सापकोटालगायतले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।
रिट निवेदकहरुले वृहत् पूर्ण इजलासको माग गरेपनि सर्वोच्चले त्यसले अस्वीकार गर्दै संवैधानिक इजलासमै सुनुवाइ गर्ने भनेको छ। सम्पूर्ण रिट निवेदनहरुलाई प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाले ८ पुसमा आफ्नो एकल इजलासमा राखेर १० पुसमा संवैधानिक इजलासमा तोकेका थिए ।
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि उक्त कदमका विरुद्ध सर्वोच्च अदालतमा दर्जन बढी रिट निवेदन दर्ता भएका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend