शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

नेम्वाङमाथि गगन थापाको प्रहार : संविधानमाथि ‘कु’ हुँदा पनि लुकेर बसे 

नेम्वाङमाथि गगन थापाको प्रहार : संविधानमाथि ‘कु’ हुँदा पनि लुकेर बसे 

पुस २२ काठमाडौं, संविधानसभाका अध्यक्षसमेत रहेका नेकपा नेता सुवास नेम्वाङको मौनतामाथि कांग्रेस नेता गगन थापाले प्रश्न उठाएका छन् । 

प्रतिनिधि सभाको विघटनविरुद्ध परेका रिटमा बुधबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ । थापाले समाजिक सञ्जाल ट्वीटरमा संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले कु गरिरहँदा आफूले आफूले नेम्वाङलाई सम्झिएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन् ‘प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस शुरु हुँदैछ । म यतिबेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु, जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससँग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ ।’

तर थापाले सबैकुरा बुझेर पनि नेम्वाङ चुप लागेकोमा आश्चर्य मानेका छन् । अगाडि उनले लेखेका छन् ‘मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो । मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायकी मनसाय यस्तो होइन भनेर सन्दर्भसहित जमेर बहस गर्नुहुनेछ ।’ 

उनले नेम्वाङले आफूले बनाएको संविधानको रक्षा गर्नुपर्नेमा यसबारे कसैले सोधिहाल्छन् कि भनेर लुकेर बसेको पनि आरोप लगाएका छन् । उनले लेखेका छन् ‘तर अपसोच उहाँ त कसैले केही सोध्लान् की भनेर लुकेर बस्नुभएको छ, प्रश्नबाट भाग्नुभएको छ । आफैँले बनाएको संविधानमा ‘कु’ हुँदा त्यसविरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको निरिहता देख्दा दया लागेको छ ।’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend