
पुस २२ काठमाडाैं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफैँले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री घाँडो भएको बताएका छन् ।
जनता समाजवादी पार्टी नेपालले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा प्रचण्ड–माधव सूहका अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री ओलीले संसदमा विपक्षी पार्टीका नेताहरुलाई गरेका शब्द बाण सुनेर आफूलाई पोल्ने गरेको पनि बताए ।
उनले भने ‘संसदमा उहाँले विपक्षी पार्टीहरुसँग, विपक्षी नेताहरुसँग गरिएका शब्द बाण सुन्नुहोस् । त्यो ओहोदामा पुगेको र देशको अविभावक भएको प्रधानमन्त्रीको मुखबाट देश भित्र र बाहिर के प्रभाव पर्छ भन्ने कुरा विचार नगरिकन बोल्ने कुराले हामीलाई पोल्थ्यो । हामी टाउको उठाएर ताली बजाउने होइन शिर निहुर्याएर झोक्रिने अवस्था पैदा हुने गर्दथ्यो । के गर्ने हामीले नै बोकेर ल्याएको नेता, मैले नै प्रस्तावित गरेको दलको नेता, मैले नै प्रस्तावित गरेको प्रधानमन्त्री अब घाँडो हुन पुग्नुभयो ।’
कार्यक्रममा अध्यक्ष नेपालले पार्टी भित्रको विवादलाई लिएर असंवैधानिक कदम चालेर प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको हत्या गर्न खोजेको आरोप समेत लगाए । प्रजातान्त्रिक प्रवृति नभएको मान्छे भएकाले प्रधानमन्त्री ओलीले आफ्ना विरोधीहरुलाई एकएक गरेर सिध्याउन चाहेको समेत उनकाे आराेप थियाे ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend