सोमबार, कार्तिक २४ २०८२

सोमबार, कार्तिक २४ २०८२

प्रश्न उठेपछि न्यायाधीश हरिकृष्ण कार्की संवैधानिक इजलासबाट बाहिरिए

प्रश्न उठेपछि न्यायाधीश हरिकृष्ण कार्की संवैधानिक इजलासबाट बाहिरिए

पुस २२ काठमाडौं , प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीले नबस्ने  घोषणा गरेका छन् ।  बुधबार सुरु भएको सुनुवाईका क्रममा अधिबक्ताहरुले प्रश्न उठाएपछि कार्की उक्त इजलासमा नबस्ने घोषणा गरेका हुन्। 

कार्की विगतमा प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालमा महान्यायाधिवक्ता रहेकाले संवैधानिक इजलासमा बस्न नमिल्ने भनि प्रश्न उठेपछि इजलासबाट कार्की बाहिरिएका हुन्। 

बुधबार गठित संवैधानिक इजलासमा प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराका साथै न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेज बहादुर केसी सदस्य थिए । 

यो मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा हुने र अर्को न्यायाधीश थपिने सर्वोच्च अदालतले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend