शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

थप ४०९ जनामा कोरोना संक्रमण, ४९५ जना निको, ६ को मृत्यु

थप ४०९ जनामा कोरोना संक्रमण, ४९५ जना निको, ६ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ५ हजार १३३ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा ४९५ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ६ हजार ७०६ जनाको पिसिआर परीक्षण गर्दा ४०९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ६४ हजार १६० पुगेको छ ।
बुधबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ८९९ पुगेको मन्त्रालयले जनाएको छ । हाल ३४२ जना क्वारेन्टाइनमा छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend