शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

मदिरा व्यवसायी केसीको प्रायोजनमा प्रचण्ड पत्नी सीताको मुम्बईमा उपचार हुँदै 

मदिरा व्यवसायी केसीको प्रायोजनमा प्रचण्ड पत्नी सीताको मुम्बईमा उपचार हुँदै 

पुस २२, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल पुस २० गते देखि  भारतको मुम्बईस्थित न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युट उपचाररत छन्। 

विरामी सिता दाहालको उपचार खर्च नेपाल मदिरा उत्पादक संघका पूर्वअध्यक्ष तथा ओल्ड दरबारलगायत ब्राण्डका मदिरा उत्पादक रवि केसीले गरेको गरेको सूचना सुनौलो नेपाललाई प्राप्त भएको छ।उच्चस्रोतबाट प्राप्त सूचनाअनुसार उपचारको चाँजोपाँजो मिलाउन केसी पुस १९ गते नै मुम्बई पुगेका थिए ।   

त्यसपछिमात्रै पुस २० मा अध्यक्ष प्रचण्ड, सिता दाहाल, छोरी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र अर्की छोरी तथा प्रचण्डकी स्वकीय सचिव गंगा  नेपाल वायु सेवा निगमको नियमित उडानबाट मुम्बई प्रस्थान गरेका थिए । 

पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) बाट लामो समयदेखि पीडित सीताको यसअघि भारत, अमेरिका, सिंगापुरलगायतका अस्पतालमा उपचार गरिएको थियो। यसअघि पनि प्रचण्ड परिवारको उपचार तथा निजी भ्रमणहरुमा व्यापारी/व्यवसायीको प्रायोजन रहने कुरा सार्वजनिक हुँदै आएको छ । 

विवादास्पद व्यापारी/व्यवसायी अजय सुमार्गी, ठेकेदार शारदाप्रसाद अधिकारी, मेडिकल व्यवसायी दुर्गा प्रसाई, दिपक भट्ट लगायतसँग प्रचण्डको निकटको सम्बन्ध रहँदै आएको छ । यि र यस्तै विवादास्पद व्यापारी/व्यवसायीको प्रायोजनमा विगतमा पनि प्रचण्ड आफ्ना गुप्त राजनीतिक–खुफियाँ भेटघाटका साथै निजी भ्रमणका लागि विदेश सयर गर्ने गरेको तथ्य सार्वजनिक भइसकेको छ ।      

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend