शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

बार्सिलोनाको जितमा मेस्सीको दुई गोल 

बार्सिलोनाको जितमा मेस्सीको दुई गोल 

पुस २३ काठमाडौं ।  स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओलाई ३–२ ले पराजित गरेको छ ।

बार्सिलोनाका लागि १४ औँ मिनेटमा गोन्जालेजले गोल गरेका थिए । त्यसपछि मेस्सीले ३८ र ६२ औँ मिनेटमा गोल गरे । 

एथ्लेटिको बिल्बाओका लागि तेस्रो मिनेटमा विलियम्स तथा ९० औँ मिनेटमा मुनिएइनले गोल गरेका हुन् ।

जितपछि १७ खेलबाट ३१ अंक जोडेको बार्सिलोना अंक तालिकामा तेस्रो स्थानमा पुगेको छ । १८ खेलबाट २१ अंकसहित एथ्लेटिको बिल्बाओ नवौँ स्थानमा छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend