आइतबार, कार्तिक ३० २०८२

आइतबार, कार्तिक ३० २०८२

डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट ‘लक’

डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट ‘लक’

पुस २२ काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट ‘लक’ भएको छ । कम्तिमा १२ घण्टाका लागि ट्रम्पको एकाउन्ट लक गरिएको ट्वीटरले जनाएको सीएनएनले उल्लेख छ ।

चुनावबारे प्रमाण बिहीन दाबीसहितको ट्वीटका कारण उनको एकाउन्ट लक गरिएको ट्वीटरले जनाएको छ ।

‘अहिले भइरहेको असामान्यत गतिविधि र वासिङ्गटन डिसीमा जारी हिंसात्मक गतिविधिका कारण ट्रम्पले पोस्ट गरेका तीन ट्वीट हटाउनु परेको छ, ती ट्वीटले हाम्रो नीति उल्लंघन गरेका छन् । ट्रम्पले तीन ट्वीट डिलिट नगरेमा उनको एकाउन्ट लक रहने छ ।

भविष्यमा यस्ता कुनै गतिविधि भएमा ट्वीटर ह्याण्डल सदाका लागि हटाउन बाध्य हुने पनि जनाएको छ ।

ट्रम्पले प्रमाण बिना धाँधली गरेर आफूबाट चुनावी नतिजा खोसिएको आरोप लगाएको भिडियो पोस्ट गरेपछि फेसबुकले पनि उनको एकाउन्ट २४ घण्टाको लागि बन्द गरेको छ ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend