बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

अमेरिकी सदनमा ट्रम्प समर्थककाे आक्रमण : मृतककाे स‌ंख्या ४ पुग्याे 

अमेरिकी सदनमा ट्रम्प समर्थककाे आक्रमण : मृतककाे स‌ंख्या ४ पुग्याे 

पुस २३ काठमाडाैं, जो वाइडेनलाई अमेरिकी राष्ट्रपति निर्वाचित गर्न बसेको सदनको संयुक्त बैठकमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गरेपछि भएको मुठभेडमा मृत्यु हुनेको संख्या चार पुगेको छ।

क्यापिटलमा आक्रमणका क्रममा प्रहरीसँगको झडपमा चार जनाको मृत्यु भएको बीबीसीले जनाएकाे हो । मृत्यु हुनेमा दुई पुरुष र दुई महिला रहेकाे समाचारमा जनाइएकाे छ ।

वासिङ्टन डिसीमा अहिले कर्फ्यु लगाइएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ । 

नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएको घोषणा गर्न छलफल भइरहेका बेला ट्रम्प समर्थकहरू संसद भवनभित्र छिरेका आक्रमण गरेपछि त्यहाँ हिंसा भड्किएको हाे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend