
चितवन। राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ ।
निकुञ्जको मेघौलीमा खाग भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको हो । दुईवटा भाले गैँडा एक आपसमा जुधेर गैँडाको खाग भाँच्चिएको उनले भने । खाग भेटिएपछि गैँडाको खोजी गरिएको थियो ।
अन्दाजी २० वर्षको गैँडा खागविहीन अवस्थामा भेटिएको उनले बताए । गैँडाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । भाले गैँडा एकापसमा जुधेर मर्नेसमेत गर्दछन् । मुख्यरूपमा पोथीसँगको संसर्गको समयमा भाले जुध्ने गर्दछन् । निकुञ्जमा यस आर्थिक वर्षमा मात्रै चार वटा गैैँडा तस्करले मारेको अवस्थामा भेटिएका छन् । यससँगै निकुञ्ज सुरक्षामा निकैै कडाइ गरिएको छ । पन्ध्र वर्ष भन्दा बढी समयदेखि फरार दुर्ई अभियुक्त हालै पक्राउ परेका छन् । दुर्लभ एकसिङ्गे गैँडाको लागि निकुञ्ज विश्वमै प्रख्यात छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend