शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

सीमामा नेपालीले हटाए भारतीय सुरक्षाकर्मीको अस्थायी पोष्ट

सीमामा नेपालीले हटाए भारतीय सुरक्षाकर्मीको अस्थायी पोष्ट

कञ्चनपुर, २३ पुस । नेपाल–भारत सीमाको कञ्चनपुरको बेलौरी नगरपालिका–१० नजिकै दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बनाएको अस्थायी पोष्ट हटाएको छ । सीमा स्तम्भ नम्बर ३४ र ३५ को बीचमा रहेको दशगजा क्षेत्रमा भारतीय एसएसबीले नेपाली पक्षको विरोधका कारण बनाएको अस्थायी पोष्ट हटाएको हो ।

बुधबार एसएसबीले दशगजा क्षेत्रमा त्रिपाल राखेर अस्थायी पोष्ट राखेको जानकारी स्थानीय बासिन्दाले सशस्त्र प्रहरीलाई दिएका थिए । सशस्त्र प्रहरीले एसएसबीका उच्च अधिकारीसँग समन्वय गरी पोष्ट हटाउन लगाएको छ । सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले दशगजा क्षेत्रमा पोष्ट राखेको जानकारी पाउना साथ तत्कालै हटाउन लगाइएको बताए ।

‘एसएसबीको स्थानीय कमाण्डरको गल्तीका कारण दशगजा क्षेत्रमा पोष्ट राखेको रहेछ’, उनले भने, ‘एसएसबीका अधिकारीसँग समन्वय गरी बिना विवाद पोष्ट हटाउन लगाएका छौं । भारतीयले गल्ती स्वीकार गर्दै पोष्ट हटाएका छन् ।’ दशगजा क्षेत्र नेपाल भारतको सीमा छुट्याउने विन्दु भएकाले दुवै देशले कुनै पनि किसिमको गतिविधि गर्न पाउँदैनन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend