शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

प्रधानमन्त्री ओलीको आलोचना, प्रचण्ड–माधव समूहमा पनि खुलेर लागेनन् वामदेव (भिडियोसहित)

प्रधानमन्त्री ओलीको आलोचना, प्रचण्ड–माधव समूहमा पनि खुलेर लागेनन् वामदेव (भिडियोसहित)

पुस २३ काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचक भएको बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठक सम्बोधनका क्रममा उनले भने ‘प्रधानमन्त्रीको म पूर्ण आलोचक हुँ । उहाँ मेरो ४३ वर्षदेखिको मित्र पनि हो ।’

ओली २ पटक प्रधानमन्त्री हुँदा आफूले सुझाव दिएको र प्रधानमन्त्री ओलीले पनि आफूलाई मित्रका रुपमा सम्मान गर्ने गरेको उनले बताए । गौतमले प्रधानमन्त्री आफू अल्पमतमा परेपछि राजीनामा दिनुपर्ने पनि बताए । उनले आफू त्यो ठाउँमा भएको भए राजीनामा दिने र पार्टी जोगाउने पनि बताए । 

प्रधानमन्त्रीको कदमबाट आफू खुशी नभएको उनको भनाइ थियो ।

प्रधानमन्त्रीको आलोचना गरे पनि अहिले आफू कुनै पनि समूहमा नरहेको उनको भनाइ थियो । गौतमले पार्टी विभाजनको औचित्य नरहेकाले आफू अहिले कुनै समूहमा नरहेको बताएका हुन् । उनले अझै पनि नेकपा विभाजन हुन नहुने र एकताका लागि आफू लगि परेको त्यसका लागि संगठनको संरचना बनाएर जाने बताए । 

वामदेवले अविश्वासको प्रस्ताव र संसद विघटन प्रकरणमा दुवै पक्षले आफूसँग परामर्श नगरेकोमा असन्तुष्टि पनि जनाए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend