
पुस २३ काठमाडौं, राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी ओलीले मानसिक सन्तुलन गुमाइसकेको गम्भीर आरोप लगाएका छन्। राष्ट्रिय सभा बैठकमा बोल्दै रायमाझीले यस्तो गम्भीर आरोप लगाएका हुन्।
‘प्रधानमन्त्री हुनको लागि योग्यता चाहिन्छ। पहिलो प्रतिनिधिसभाको सदस्य चाहिन्छ, दोस्रो बहुमत सदस्यको समर्थन हुनुपर्छ तेस्रो मानसिक सन्तुलन ठिक हुनुपर्छ’ उनले भने, ‘उहाँलाई अहिले प्रधानमन्त्री भन्ने कि नभन्नेरु उहाँ आफैँ अहिले प्रतिनिधिसभाको सदस्य हुनुहुन्न। असंवैधानिक काम गर्ने मान्छे यो मुलुकको प्रधानमन्त्री हुन पाउँछ कि पाउँदैनरु मानसिक सन्तुलन गुमेको भन्न मिल्छ कि मिल्दैनरु’
उनले प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको कुर्चीमा बसिराख्नका लागि सबै योग्याता गुमाइसकेको उनको भनाई थियो।
सांसद रायमाझीले प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई जुनसुकै कागजमा पनि सहि गराउन लगायर राष्ट्रपति जस्तो सम्मानीत पदलाई दुरुपयोग गरेको बताए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend