शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

बाइडेनको जितको औपचारिक घोषणा 

बाइडेनको जितको औपचारिक घोषणा 

वासिङ्टन डिसी । गत नोभेम्बरमा सम्पन्न अमेरिकी राष्ट्रपतिय निर्वाचनले आधिकारिकता पाएको छ । अमेरिकी कंग्रेसले बाइडेनको जितलाई प्रमाणीत गरेसंगै जनवरी २० मा हुने शपथग्रहणका लागी पनि मार्गप्रशस्त भएको हो । 

अमेरिकी संसदको संयुक्त बैठकले बाइडन र कमला ह्यारिसको विजयलाई प्रमाणीत गरेको बीबीसीले जनाएको छ । 

उपराष्ट्रपति माइक पेन्सले इलेक्टोरल मतगणनापश्चात जो बाइडेनको पक्षमा कुल ३०६ र डोनाल्ड ट्रम्पको पक्षमा कुल २३२ इलेक्टोरल मत रहेको घोषणा गरे । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि कम्तिमा २७० इलेक्टोरल मत आवश्यक हुन्छ ।  

राष्ट्रपतिय निर्वाचनलाई वैधता प्रदान गर्न बोलाईएको संसदको संयुक्त बैठक ट्रम्प समर्थकहरुका कारण केही समय अवरुद्द भएको थियो । ट्रम्प समर्थकहरु हतियार सहित जबरजस्ती संसद भवन भित्र पसेपछि झडपको अवस्था सिर्जना भएको  थियो । 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend