
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार धनगढी पुगेका छन् । श्री एअरलाइन्सको जहाजबाट केही बेरअघि उनी धनगढी पुगेका हुन् ।
शुक्रबार दिउँसो धनगढी खुलामञ्चमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ओलीसहित नेपाल सरकारका केही मन्त्री र ओली पक्षका नेताले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
आमसभाका लागि ओली समर्थक कैलाली र कञ्चनपुरबाट नेता तथा कार्यकर्ता धनगढी पुगेका छन् ।
प्रधानमन्त्री सहभागी हुने कार्यक्रमको सुरक्षाका लागि धनगढीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदेश प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend