शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

प्रतिनिधिसभा सुचारु गर्न ओली तयार भए एकता सम्भव छ: प्रवक्ता श्रेष्ठ

प्रतिनिधिसभा सुचारु गर्न ओली तयार भए एकता सम्भव छ: प्रवक्ता श्रेष्ठ

पुस २४ काठमाडौं, प्रचण्ड- नेपाल पक्षीय नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी सच्चिएर आए अझै पनि पार्टी एकता सम्भव भएको बताएका छन्।  शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै प्रवक्ता श्रेष्ठले प्रतिनिधिसभा सुचारु गर्न ओली तयार भए एकताको समेत रक्षा हुने बताएका हुन्। 

श्रेष्ठले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेर अलोकतान्त्रिक र प्रतिगमनकारी काम गरेको बताए। प्रधानमन्त्री ओलीले पदीय स्वार्थका लागि पार्टी एकता गरेको आरोप श्रेष्ठले लगाए। 

सर्वोच्च अदालतले संविधानअनुसार नै फैसला गर्ने विश्वास आफुँले लिएको भन्दै श्रेष्ठले हुँदै नभएको अधिकार सर्वोच्चले प्रयोग गरे संविधान कागजको खोस्टोमा सिमित हुने बताए ।  संविधानसम्मत तरिकाले सर्वोच्चले फैसला गर्नुपर्ने उनले बताए। 

पदका निम्ति प्रधानमन्त्रीले पार्टी एकता र संविधानमाथि खेलेका उनको आरोप थियो। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend