
पुस २४ काठमाडौं, प्रधानमन्त्री केपी ओलीले पार्टीबाट भागेका भगौडाहरुले सिंगो पार्टी नै आफ्नो भएको दावी गर्दै हिंडेको बताएका छन्। सुदुरपश्चिम प्रदेशको धनगढीमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
पार्टीको बैठकमा नआएर बाटोमा ‘हामी यहाँ छौँ’ भन्दै बसेको अवस्थामा प्रचण्ड– नेपाल समूह भेटिएको भन्दै ओलीले केहि भगौडाहरु जाँदैमा पार्टीको तौल नघट्ने बताए। पार्टी छाडेर जानेलाई जनताले सजांय दिने उनको भनाई थियो।
आगामी निर्वाचनमा १० सिट जितेर देखाउन प्रचण्ड- नेपाललाई प्रधानमन्त्री ओलीले चुनौती समेत दिए।
प्रधानमन्त्री ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गरे । प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर हल्ला चलाइरहेका छन्, ओलीले भने, ‘म तिनीहरुलाई राजनीतिक कुरा मात्र नगरेर एक पटक संविधान पढ्न आग्रह गर्न चाहन्छु ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend