शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

घोषणा पत्र र पार्टीबाट भाग्ने भगौडा केपी ओली हो : भीम रावल (भिडियाेसहित)

घोषणा पत्र र पार्टीबाट भाग्ने भगौडा केपी ओली हो : भीम रावल (भिडियाेसहित)

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलको प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् । रावलले प्रधानमन्त्री केपी शर्मा ओली एक नम्बरको भगौडा भएको बताएका छन् ।

राजधानीमा आयोजित अछाम-काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै रावलले संविधानमा बजारेको अपवित्र बुटले टेकेर ओलीले सुदूरपश्चिमलाई अपवित्र बनाएको टिप्पणी गरे ।

‘घोषणा पत्र र पार्टीबाट भाग्ने भगौडा कोही हो भने केपी ओली हो’ रावलले भने, ‘उहाँले धनगढीमा भगौडा भन्नुभएछ । म भन्छु भगौडा केपी ओलीको पछि नलागौं ।’

‘नेपालको कम्युनिस्ट आन्दोलनलाई गोर्भाचोबको बाटोमा हिँडाउन खोज्ने, नेपाली देशभक्त जनताको शिर झुकाउने गरी अँधेरी रातमा समान्तहरुलाई भेट्ने, नेपाल कम्युनिस्ट पार्टीको चनावी घोषणापत्र, नीति तथा कार्यक्रमबाट भाग्ने भगौडा नम्बर कोही हो भने केपी शर्मा ओली हो’ उनले भने ।

आफू वन मास्ने मलाई आरोप लगाउने भनेर प्रतिवाद गरेका वनमन्त्री प्रेम आलेलाई पनि उनले जवाफ फर्काएका छन् । ‘प्रेम आलेले वन फडानी गरेको मिसिल चाहिए म पठाइदिउँला ।’ 

रावलले प्रधानमन्त्रीले आफूलाई नक्कली राष्ट्रवादी भनेकोमा जवाफ फर्काउँदै भने, ‘केपी ओलीको टुक्का उल्लुले मात्र पत्याउँछ।’ ‘झुटा र भ्रष्टाचारीलाई संरक्षण गर्ने कस्तो प्रधानमन्त्री माटोले जन्माएछ ।’

रावलले द्वन्द्वकालीन विषय उछालेर कार्यकर्ताको भावना भड्काउने दुस्प्रयत्न नगर्न पनि ओलीलाई आग्रह गरे । ‘तत्कालीन माओवादीमा काम गर्ने सबै योद्धा साथीहरुलाई हेगमा पुर्‍याउनुपर्छ भन्ने लाग्या हो भने उनीहरुलाई भन्दा पहिला केपी ओलीलाई हेग पुर्‍याउनुपर्छ ।’ 

‘किन भन्नुहोला, हेग पुर्‍याउनुपर्छ भनिएमा व्यक्तिसँग सहमत गरेर आउने, शान्ति प्रक्रियामा ल्याउनुपर्छ भनेर कागजपत्रमा हस्ताक्षर गर्ने केपी शर्मा ओलीलाई पहिला हेग पुर्‍याएपछि मात्रै अरुलाई पुर्‍याउनु पर्‍यो कि परेन ?’ उनले भने । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend