शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्टमा स्थायी प्रतिबन्ध

डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्टमा स्थायी प्रतिबन्ध

काठमाडाैं । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्टमा स्थायी प्रतिबन्ध लगाएकाे छ । 

हिंसा भड्काएको र जाखिमका कारण राष्ट्रपति ट्रम्पको अकाउन्ट स्थायी रुपमा प्रतिबन्ध गरिदिएका ट्वीटरले जनाएकाे छ । ‘@realDonaldTrump ह्याण्डलबाट पछिल्लो समय भएका ट्वीटहरुको पुनरावलोकनपछि सदाका लागि सो ह्याण्डल बन्द गर्ने निर्णयमा पुगेको  हाे ।’ ट्वीटरले भनेकाे छ ।

यसअघि पनि ट्वीटरले ६ जनवरीमा डोनल्ड ट्रम्पको ट्वीटर अकाउन्ट १२ घण्टाका लागि प्रतिबन्ध लगाइदिएको थियो । त्यतिबेला नै ट्रम्पले नियम उल्लंघन गरेमा सदाका लागि प्रतिबन्ध लगाउने ट्वीटरले चेतावनी दिएकाे थियाे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend