बिहिबार, कार्तिक २७ २०८२

बिहिबार, कार्तिक २७ २०८२

ओलीको शक्ति प्रदर्शनमा समर्थकको नारा: “केपी ओली रेलमा, भ्रष्टाचारी जेलमा”

ओलीको शक्ति प्रदर्शनमा समर्थकको नारा: “केपी ओली रेलमा, भ्रष्टाचारी जेलमा”

पुस २५ काठमाडौं: नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राजधानीमा शनिबार र्याली निकालिएको छ।  

र्यालीमा ओली समर्थकहरुले  “केपी ओली रेलमा, भ्रष्टाचारी जेलमा”, “बोली अलि पिरो हो, केपी ओली हिरो हो” लगायतका नारा लगाएका छन्। 

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको सभालाई प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने कार्यक्रम रहेको छ। त्यसैको पूर्वसन्ध्यामा आयोजना गरिएको र्यालीमा यस्ता नारासहित प्रदर्शन गरिएको हो। 

प्रतिनिधि सभा विघटनपछि नेकपा दुइ गुटमा विभाजन  भएको छ।  दुवै गुटका समर्थकहरुले आन्दोलनका विविध कार्यक्रमहरु गरिरहेका छन्। 

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend