
पुस २५ काठमाडौं: नेपाली कांग्रेसका युवा नेता गगन थापाले सँगै बसेर संविधान पढ्न प्रधानमन्त्री केपी ओलीलाई चुनौती दिएका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले आयोजना गरेको विरोधसभाअन्तर्गत कपनको सभालाई सम्बोधन गर्दै थापाले यस्तो चुनौती दिएका हुन्।
‘प्रधानमन्त्रीजीले एक कार्यक्रममा भन्नुभएछ – प्रतिनिधि सभा विघटन संवैधानिक हो। असंवैधानिक हो भन्नेहरुले राम्रोसंग संविधान पढे हुन्छ। म चुनौती दिन चाहन्छु, आउनुस खुलामञ्चमा सँगै बसेर संविधान पढौँ, तपाइँ लुकेर बसेका सुवास नेम्वाङ, अग्नि खरेलहरुलाई लिएर आउनुस हामी रामवरण यादवलाई लिएर आउँछौँ,’ थापाले भने।
उनले प्रतिनिधि सभा पुनःस्थापना भएपछि पहिलो काम प्रधानमन्त्री र राष्ट्रपतिलाई बिदा गर्ने हुने बताए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend