बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

इन्डोनेसियामा ६२ जना सवार विमान दुर्घटना 

इन्डोनेसियामा ६२ जना सवार विमान दुर्घटना 

काठमाडौं । इन्डोनेसियामा ६२ जना सवार श्रीविजाया एअरको बोइङ्ग ७३७ विमान शनिबार दुर्घटनामा परेको छ । जकार्ताबाट पोन्तिएनाकका लागि उडेको विमान दुर्घटनामा परेको हो ।

राजधानी जकार्ताबाट उडेको केहीबेरमै विमान दुर्घटना भएको हो । उडान भरेको चार मिनेटपछि नै विमान राडारबाट हराएको थियो ।

विमान जकार्ता नजिकको आइल्याण्ड आसपासमा दुर्घटनामा परेको अनुमान छ ।

राति स्थगित गरिएको उद्धार तथा खोजी अभियान आइतबार बिहान सुरु भएको अधिकारीले बताएका छन् । विमानमा १२ बालबालिकासहित ५० यात्रु र चालक दलका १२ सदस्य थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend