शुक्रबार, कार्तिक २८ २०८२

शुक्रबार, कार्तिक २८ २०८२

म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित, आर्सनलसँग न्युक्यासल पराजित

म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित, आर्सनलसँग न्युक्यासल पराजित

म्यानचेस्टर युनाइटेडले वार्टफोर्डमाथि संघर्षपूर्ण जित निकालेको छ । एफ ए कपअन्तर्गत वल्ड ट्राफोर्ड मैदानमा भएको खेलमा घरेलु टोली युनाइटेडले १-० को संघर्षपूर्ण जित निकालेको हो।

युनाइटेडको जितमा स्कट म्याकटोमिनीले निर्णायक गोल गरे । उनले खेलको पाँचौ मिनेटमै एलेक्स टेलेसले कर्नरबाट प्रहार गरेको बललाई गोलमा परिणत गरेका हुन् । 

गएराति नै भएको अर्को खेलमा आर्सनलले न्युक्यासलमाथि जित निकाल्यो । आर्सनलले न्युक्यासलमाथि २–० गोलअन्तरको रोमाञ्चक जित निकालेको हो । 

निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन सकेको थिएन । अतिरिक्त समयमा आर्सनलका लागि इमाइल स्मिथ रो र पिएरे एम्रिक औबुमियाङले गोल गरेका थिए । स्मिथले १०९ मिनेट र औबुमियाङले ११७ मिनेटमा गोल गरेका थिए ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend