शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

प्रधानमन्त्रीकाे प्रष्टोक्ति : काम गर्न नदिएर घेराबन्दी गरेपछि प्रतिनिधिसभा विघटन 

प्रधानमन्त्रीकाे प्रष्टोक्ति : काम गर्न नदिएर घेराबन्दी गरेपछि प्रतिनिधिसभा विघटन 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत प्राप्त सरकारलाई काम गर्न नदिएर घेराबन्दी गरेपछि प्रतिनिधिसभा विघटन गर्नु परेको बताएका छन् ।

आइतबार राष्ट्रियसभाकाे बैठकमा उनले प्रतिनिधिसभा ५ वर्ष चल्ने सोचे पनि सरकारलाई काम गर्न नदिने, काममा व्यवधान खडा गर्ने, झमेला मात्रै गर्ने, केही व्यक्तिको व्यक्तिगत पदलोलुपताले देशलाई नै बन्धक बनाउन खोजेपछि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति घोषणा गरेको बताए ।

उनले भने, ‘जनताको इच्छा थियो पाँच वर्ष सरकार टिकोस्, पाँच वर्ष सरकार टिकोस् भन्ने हो, सरकार परिवर्तन होस् भन्ने जनताको इच्छा होइन ।’

उनले गएको वैशाख १३ देखि पुस ४ सम्म  पार्टीलाई कमजोर पार्न एउटै नेताको घरमा २ सय ८० बैठक बसेको दाबी पनि गरे । उनले भने, ‘बहुमत प्राप्त पार्टीमा अस्वस्थ अवस्था सिर्जना भयो । वैशाख १३ देखि पुस ४ सम्म मात्र २ सय ८० वटा बैठक बसेका रहेछन् । ३५ वटा बैठक अन्यत्र रहेछन् ।’

ओलीले राष्ट्रिय सभाको बैठकमा आफ्नो कार्यकालमा जस्तो अरु कुनै पनि सरकारका बेला काम नभएको दाबी गरेका छन् । उनले रानीपोखरीदेखि भूकम्पले भत्काएका संरचनाको पुनर्निर्माण भएको बताए । भारतसँगको सम्बन्धका बारे आफ्ना पालामा विभिन्न काम भएकाले छलफल र बहस हुने गरेको उनको दाबी छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend