
जकार्ता । इन्डोनेसियाको राजधानी जकार्ता नजिकको समुद्रक्षेत्रबाट उद्धारकर्ताहरुले दुर्घटनाग्रस्त विमानमा सवार व्यक्तिका अवशेष, विमानका टुक्रा र लत्ताकपडा बाहिर निकालेका छन् ।
जकार्ताबाट शनिबार अपराह्न उडेको विमान केही मिनेटभित्रै जकार्ता नजिकको समुद्री क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका सदस्य सहित ६२ जना सवार थिए । जकार्ताको सोकार्नो–हाता अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको श्रीविजया एयरको बोइङ ७३७–५०० विमान उडेको चार मिनेटभित्रै सिधै समुद्रमा खसेको थियो ।
इन्डोनेसियाली यातायात मन्त्रालयका अनुसार, सेना समेतको सहयोगमा गोताखोरहरुले विमानको अवशेष पानीको सतहभन्दा करिब ७५ फिटमुनि फेला पारेका थिए । विमानको भ्वाइस तथा डाटा रेकर्डर भने फेला परेको छैन । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले गहिरो समवेदना व्यक्त गरेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend