बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

बैंकको कर्मचारीमा कोरोना  संक्रमण देखिएपछि  जिल्ला बाहिर पठाउने तयारी 

बैंकको कर्मचारीमा कोरोना  संक्रमण देखिएपछि  जिल्ला बाहिर पठाउने तयारी 

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिटिजन बैंक शाखा कार्यालय सिल गरिएको छ । बैंकमा कार्यरत पाँच कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा दुई कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आइतबारदेखि सिल गरिएको हो । 

शनिबार दुईजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आइतबारदेखि सिटिजन बैंक शाखा कार्यालय सिमकोट सिल गर्नुका साथै कारोबार ठप्प भएको बैंकले जानकारी दिएको छ । एक महिला र एक पुरुष कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दुई दिनका लागि बैंक सिल गरिएको हो । 

पुरुष कर्मचारीमा देखिएको कोरोना संक्रमणको उपचार यहाँ हुन नसकेपछि उनलाई जिल्लाबाहिर पठाउने तयारी भइरहेको सिटिजन बैंकका कर्मचारी लालु भण्डारीले जानकारी दिए । 

संक्रमित कर्मचारीको अवस्था जटिल देखिएपछि हेलिकप्टरमार्फत जिल्लाबाहिर पठाउने तयारी भइरहेको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । जिल्लामा संक्रमित कर्मचारीको उपचार सम्भव नभएपछि उद्धारका लागि हेलिकप्टर मागको लागि पहल भइरहेको फडेराले बताए । 

जिल्ला अस्पताल हुम्लाले जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी तथा भीडभाड बढी हुने कार्यालयमा कार्यरत कर्मचारीको कोरोना परीक्षण गर्दै आएको जिल्ला अस्पतालका सूचना अधिकारी फडेराले जानकारी दिए । 

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend