शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

सुनको मूल्यमा लगातार गिरावट

सुनको मूल्यमा लगातार गिरावट

काठमाडौं । तोलामा रु दुई हजार ३०० ले आइतबार ओरालो लागेको सुनको मूल्य आज पुनः रु ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ९२ हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । आइतबार छापावाल सुन तोलामा रु ९३ हजारमा कारोवार भएको थियो ।
 
यस्तै तेजाबी सुन आजका लागि तोलामा रु ९१ हजार ७०० तोकिएको छ । आइतबार तोलामा रु ९२ हजार ५०० मा कारोवार भएको थियो । चाँदी तोलामा रु ४० ले घटेको छ । आइतबार रु एक हजार २७० मा कारोवार भएको चाँदी आज भने रु एक हजार २३० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend