बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

कैदीका लागि पुस्तक हस्तान्तरण

कैदीका लागि पुस्तक हस्तान्तरण

चितवन।  टिम नेपो चितवनको सहयोग र रोटरी क्लब अफ चितवन, लियो क्लब अफ भरतपुर युथको सक्रियतामा कारागार कार्यालयलाई पुस्तक हस्तान्तरण गरिएको छ ।  एक कार्यक्रम आयोजना गरी विभिन्न प्रकाशनद्वारा प्रकाशित पुस्तक कार्यालयको पुस्तकालयलाई हस्तान्तरण गरिएको हो ।

टिम नेपोका संस्थापक निगम पौडेलले कारागारका प्रमुख कमलप्रसाद काफ्लेलाई ८०८ थान पुस्तक हस्तान्तरण गरिएको हो  । नेपोको पुस्तक परियोजना अन्तर्गत देशभर कारागारमा रहेका पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरिएको छ  ।

कारागारलाई सुधार गृहसँगै सिकाइको थलो बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको  छ । सो कारागारमा हाल दुई आश्रित बालिकासहित ६९१ कैदीबन्दी  छन्  जसमा ५५ महिला छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend