
काठमाडौं, (प्रचण्ड- माधव) समुहको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालसहित केहि नेताहरु निर्वाचन आयोग पुगेका छन्।
निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि रोक्न माग गर्दै उनीहरु निर्वाचन आयोग पुगेका हुन्।
प्रतिनिधि सभा विघटनविरुद्धको सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई आयोगले प्रभावित गर्न खोजेकाले आपत्ति जनाउन पनि उनीहरु आयोग गएको बताइएको छ।
मुद्दा किनारा नलाग्दासम्म निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न आग्रह गर्ने प्रचण्डनिकट एक नेताले जानकारी दिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend