बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

आगलागी आउन सकेन नियन्त्रणमा 

आगलागी आउन सकेन नियन्त्रणमा 

रसुवा पुस २७ । हाकु वन जङ्गलमा लागेको डडेलो नियन्त्रणमा लिन सकिएको छैन  । सानो हाकु नजिक फुलबारीदेखि पश्चिम तर्फको जङ्गलमा आइतबार रातिदेखि अचानक लागेको डडेलो नियन्त्रण हुन नसक्दा लारवाङ र हेच्याङ्ब्रा क्षेत्रका वन  चपेटामा परेको छ ।

भीरपाखा र असहज स्थानमा भएकोले डडेलो  नियन्त्रण गर्न कठिनाई भइरहेको डिभिजन वन अधिकृत रामकृष्ण केसीले जानकारी दिए । डडेलो नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयका सहयोगमा नेपाली सेनासमेत परिचालन गरिएको उनले बताए ।
  
सेनाका साथै स्थानीय बासिन्दा, वन कार्यालयका कर्मचारीसमेत डडेलो नियन्त्रणमा जुटेका छन् ।  ती क्षेत्रका सयौं हेक्टर वन डडेलोको चपेटामा परिसकेको वन प्राविधिकले आँकलन गरेका छन् । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend