बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

हामी हाम्रो स्वायत्तता र स्वतन्त्रतालाई प्रेम गर्छौं, वाह्य हस्तक्षेप स्वीकार्य छैन: प्रधानमन्त्री ओली

हामी हाम्रो स्वायत्तता र स्वतन्त्रतालाई प्रेम गर्छौं, वाह्य हस्तक्षेप स्वीकार्य छैन: प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी ओलीले  देशको आन्तरिक मामिलामा कुनै वाह्य हस्तक्षेप आफूहरुले नचाहेको बताएका छन्। सोमबार भारतीय टेलिभिजनलाई अन्तर्वार्तामा दिने क्रममा प्रधानमन्त्री ओलीले आफुहरु कसैको निर्देशन नमान्ने र आफ्नो निर्णय आफै गर्न सक्षम रहेको बताएका हुन्। 

भारतीय सञ्चारमाध्यम जी न्यूजका प्रधान सम्पादक सुधिर चौधरीले नेकपा मिलाउनको लागि चीन सक्रिय भएको छ नि भनि गरेको प्रश्नमा प्रधानमन्त्री ओलीले आफुहरु नेपालको स्वायत्तता र स्वतन्त्रतालाई प्रेम गर्ने र मुलुकको आन्तरिक मामिला या पार्टीगत मामिलामा कसैको निर्देशन नमान्ने जवाफ दिएका हुन्। 

प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी भएको स्पष्ट पार्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए। ‘भारतले नेपाली भूभाग समेटर नक्सा जारी गर्दा हामीले कूटनीतिक नोट पठायौँ, वार्ताको प्रस्ताव गर्‍यौँ तर भारतले त्यसको कुनै सकारात्मक जवाफ नदिइ बाटो उद्घाटन गरेपछि समस्या सृजना भयो।’ अन्तर्वार्ताका क्रममा ओलीले भने। 

प्रधानमन्त्री ओलीले देशको भूगोल सानो–ठुलो हुन सक्ने तर सार्वभौमिकता ठुलो–सानो नहुने बताए ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend