बिहिबार, कार्तिक २७ २०८२

बिहिबार, कार्तिक २७ २०८२

आफ्नै छात्रालाई याैन दुर्व्यवहार गरेकाे आराेपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ

आफ्नै छात्रालाई याैन दुर्व्यवहार गरेकाे आराेपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ

काठमाडौं । आफैले पढाउने छात्रालाई सामाजिक सञ्जालमार्फत यौन दुर्व्यवहार गरेको आरोपमा रत्न राज्य (आरआर) क्याम्पसका एक प्राध्यापक पक्राउ परेका छन् । आरआर क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्य पक्राउ परेका हुन् ।

सो  क्याम्पसमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जालमार्फत यौन हिंसा गरेको आरोपमा प्रहरीले उनलाई क्याम्पसबाटै सोमबार पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई यौन हिंसा गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । आचार्यलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend