
पोखरा, (प्रचण्ड- माधव) समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुहरुनै आधिकारिक नेकपा भएको र सुर्य चुनाव चिह्न पनि आफुहरुले नै पाउने ठोकुवा गरेका छन्।
पोखरामा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुबाट सुर्य चिह्न दुनियाको कुनै तागतले पनि खोस्न नसक्ने ठोकुवा गरेका हुन।
प्रचण्डले निर्वाचन आयोगबाट सकारात्मक प्रतिक्रिया पाएको भन्दै पार्टीको नाम र चुनाव चिह्न आफूहरूकै हुने बताएका हुन् ।
सूर्य चिह्न आफूहरूबाट कसैले खोसे नेपालमा आँधीहुरी, बतास आउने जिकिर गरे।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend