
काठमाडौं। सर्वोच्च अदालतले कक्षा ११ र १२मा नयाँ पाठ्यक्रम लागू नगर्न भनि दायर भएको रिट निवेदन खारेज गरेको छ।
सर्वोच्चले मंगलबार नयाँ पाठ्यक्रम लागू नगर्न भनि दायर भएका निवेदन खारेज गर्ने फैसला सुनाएको हो।
न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो।
योसँगै कक्षा ११ र १२मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend