बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

चितवन प्रहरीको हिरासत कक्षमा पुस्तकालय स्थापना

चितवन प्रहरीको हिरासत कक्षमा पुस्तकालय स्थापना

चितवन, २८ पौष  – जिल्ला प्रहरी कार्यालय चितवनको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ।
 
प्रहरीले अनुसन्धानको लागि हिरासतमा राखेका व्यक्तिहरुलाई लक्षितगरि साहित्य, कानुन Self-help र अन्य विभिन्न विधाका पुस्तकहरू छनौटगरी पुस्तकालय  स्थापना गरिएको हो । 
 
हिरासतमा राखिएका ब्याक्तिलाई समय ब्यातित गर्न सजिलो होस् र केहि ज्ञान समेत आर्जन होस् भनेर पुस्तकालय स्थापना गरिएको  चितवन प्रहरी प्रमुख नान्तीराज गुरुङ्गले जानकारी दिए। 
 
सो पुस्तकालयलाई नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ चितवन शाखाले विभिन्न विधामा ४१३ थान पुस्तकहरु हस्तान्तरण गरेको छ ।
 
पुस्तकालय हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको प्रमुख आतिथ्यता एवं विभिन्न ब्यक्तित्वहरुको उपस्थितिमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ चितवन शाखाका अध्यक्ष उधोग बिक्रम बानियाले पुस्तकहरु हस्तान्तरण  गरेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend