
काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा वृहत नागरिक आन्दोलनले रचनात्मक रुपमा प्रर्दशन गरेको छ ।
मंगलबार प्रज्ञा–प्रतिष्ठानको डबलीमा कलाकारहरुले प्रतिनिधि सभा विघटनको विरोधमा फरक प्रकारले प्रदर्शनी गरेका हुन् । नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उपस्थितिमा प्रतिनिधि सभा विघटनको विरुद्दमा कविता नाटक, चित्र प्रदर्शनी लगायतका सामाग्रीहरु प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा ‘जनता रोगले ग्रस्त छन्, ओली गफमा मस्त छन’, ‘उखान टुक्का गल्फत्ती, देश होइन तिम्रो सम्पति’, ‘संसद विघटन रातारात देश डुबाउन तिम्रो हात’, ‘प्रतिनिधि सभा पुर्नगठन सर्वोच्चले गर सम्बोधन’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित कलाकारहरुले प्रस्तुति राखेका थिए ।
प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलनको निरन्तर श्रृङ्खला अन्र्तगत यस कार्यक्रम गरिएको आयोजकले जनाएको छ । बिरोध प्रदर्शनीमा सडक नाटकले देशको अहिलेको अवस्था देखाउन खोजिएको थियो ।
कार्यक्रममा नारायण वाग्ले, युग पाठक, घिमिरे युवराज लगाएत नागरिक अगुवाहरु सहभागी थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend