बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

संवैधानिक इजलासमा हरिकृष्ण कार्कीको स्थानमा सपना प्रधान मल्ल

संवैधानिक इजलासमा हरिकृष्ण कार्कीको स्थानमा सपना प्रधान मल्ल

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संसद विघटनविरुद्ध परेका रिटहरुमा सुनुवाइ गर्नका लागि सपना प्रधान मल्ललाई सहभागी गराएका छन् ।  

न्यायाधीश हरिकृष्ण कार्कीले  इजलास छाडेपछि जबराले मल्ललाई सहभागी गराएका हुन्। 

जबराले संवैधानिक इजलासले नै रिटहरुमा सुनुवाइ गर्ने गरि कार्कीको स्थानमा मल्ललाई तोकेका हुन्। संवैधानिक  इजलासमा प्रधान न्यायाधीश जबरा, सपना प्रधान मल्ल, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।

मल्ल तत्कालीन नेकपा एमालेबाट संविधान सभा सदस्यसमेत बनेकी थिइन्। 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend