शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

अटो रिक्सा दुर्घटनामा एकको  मृत्यु

अटो रिक्सा दुर्घटनामा एकको  मृत्यु

डोटी।  शिखर नगरपालिका– ८ तिलताली नजीक अटो रिक्सा दुर्घटना हुँदा एक   जनाको मृत्यु हुनका साथै  भने चार जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा  शिखर– ३ का ५३ वर्षीय पदम जोराको मृत्यु भएको हो । 

घाइते हुनेमा शिखर–३ का १८ वर्षीय अर्जुन पार्की, सोही वडाका अटो चालक ४१ वर्षीय दीपक जोरा, ४० वर्षीय जीत जोरा र १७ वर्षीय नरेश पार्की रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लले जानकारी दिए  । 

घाइतेमध्ये दुई जनालाई जिल्लामा उपचार हुन नसकेपछि कैलाली सिफारिश गरिएको तथा दुई जनाको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । अटोमा  सात जना सवार रहेको र अन्य दुई जना भने सकुशल रहेको  समेत प्रहरीले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend