शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

ओली ‘पोलिटिकल जोकर’ : प्रचण्ड 

ओली ‘पोलिटिकल जोकर’ : प्रचण्ड 

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलि पोलिटकल जोकर रहेको बताएका छन् ।

वागमती प्रदेशस्तरीय भेला संबाेधनका क्रममा बुधबार प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली समूहको सभा प्रहसन र कमेडी शो जस्तो भएको बताएका हुन् ।

उनले भने ‘हामी यहाँ कुनै प्रहसन देखाउन जुटेका छैनौँ, हामी यहाँ उखान टुक्का गरेर हँसाउनका लागि कमेडी शो गर्न पनि उपस्थित भएका छैनौँ, हामी मानिसहरुलाई दिग्भ्रमित पार्ने, उद्देलिन पार्ने, उत्तेजित पार्ने पार्नै कुराका निम्ति पनि यहाँ जुटेका होइनौँ ।’

अध्यक्ष प्रचण्डले अगाडि भने, ‘हामी आज राष्ट्र र जनतामा देखापरेको संकटलाई समधान गर्ने उपयबारे छलफल गर्न र यो संकटबाट बाहिर निस्कन उपयबारे छलफल गर्न उपस्थित भएका छौँ ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend