शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

कामचलाउ मन्त्री प्रदीप ज्ञवालीको आसन्न भारत भ्रमण असान्दर्भिक: डा. भट्टराई

कामचलाउ मन्त्री प्रदीप ज्ञवालीको आसन्न भारत भ्रमण असान्दर्भिक: डा. भट्टराई

भारतीय संचार माध्यम ‘दी प्रिन्ट’ ले लिएको एक अन्तर्वातामा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आसन्न भारत भ्रमण असान्दर्भिक रहेको बताए । ‘प्रिन्ट डिबेट’ कार्यक्रममा नेपालका लागि भारतका लागि पुर्व राजदुत रन्जित रे पनि सहभागी थिए ।

परराष्ट्र मन्त्रीको आसन्न भारत भ्रमण अहिलेको समयमा असान्दर्भिक छ । डा. भट्टराईले भने, ‘ओलीले संसद विघटनको घोषणा गरेर आफुलाई नै काम चलाउ बनाइसके । काम चलाउ सरकारले कसरी विदेश नीतिबारे निर्णय लिन सक्छ ?’

यस्तो थियो नेपालको वर्तमान राजनितिक घटनका बारे सोधिएको प्रश्नमा नेता भट्टराईको भनाइ:

हामी अहिले जटिल राजनितिक प्रक्रियाबाट गुज्रदै छौं । नेपाली जनताले आफ्ना प्रतिनिधिले लेखेको संविधान, जुन संविधान परपम्परागत संसदीय व्यवस्था भन्दा भिन्न छ, जसमा प्रधानमन्त्रीले आफ्नो सनकको भरमा प्रतिनिधि सभा भंग गर्ने व्यवस्था संविधानबाट हटाइएको छ । प्रधानमन्त्री चुनिए पछि २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने व्यवस्था छ । र २ वर्षपछि ल्याउनु परेमा अगामी प्रधानमन्त्रीको नाम पनि त्यसै प्रस्तावमा राखिनुपर्ने व्यवस्था गरिएको छ ।

समग्रमा भन्नु पर्दा नेपालको नयाँ संविधानमा कुनै पनि राजनितिक रिक्तताको कल्पना गरिएको छैन । मुलत प्रधानमन्त्रीले मन लाग्दा संसद विघटन गर्न नपाउने व्यवस्था गरिएको छ । यो व्यवस्था संविधानको धारा ७६ मा गरिएको छ । र अहिले केपी ओलीले प्रतिनिधि सभा विघटन गरेको घोषणा गरेका छन् जुन संविधान विपरित छ । उनको यो घोषणाले संविधानको प्रस्तावनालाई नै कमजोर बनाउने काम गरेको छ ।

सोहि प्रश्नमा पुर्वराजदुत रन्जित रेको भनाइ:

म डा. भट्टराईको भनाई सँग पुर्ण सहमत छु । नेपालले विगतमा निकै राजनितिक अस्थीरता भोगेको छ । त्यही समस्यालार्ई नै हटाउन नेपालको अहिलेको संविधानमा कानुनी हिसाबले संसद विघटनलाई मान्यता दिएको छैन । संसद विघटनको लागि धेरै कानुनी र राजनितिक चरण पार गर्नुपर्ने हुन्छ ।

ओलीले आफु अल्पमता परिसकेपछि राष्ट्रपतिको सहयोगमा संसद विघटन गरेका हुन् । कोभिड, राजवादीहरुको आन्दोलन , भ्रष्टचारले नेपाल अस्थीर बनिसकेपछि अहिले संसद विघटनको घटनाले झनै अन्योलतामा धकलेको छ ।

‘दी प्रिन्ट‘ लाई दिएको अन्तर्वातामा ‘डा. भट्टराई तपाई त संविधान निर्माण प्रक्रियामा प्रत्यक्ष संग्लन हुनु हुन्थ्यो , ओलिको अभिष्ट बारे पनि जानकार हुनुहन्थ्यो तर अहिले आएर प्रधानमन्त्री ओलीको आलोचना किन’ भनेर सोधिएको प्रश्नको जवाफ डा भट्टराईले यसरि दिए हामीहरु केपी ओली बारे भन्दा पनि नेपाली जनताले पहिलो पल्ट लेखेको संविधान जुन माओवादी आन्दोलन, मधेश आन्दोल दोस्रो जनआन्दोलनको उपज थियो , ओलिले यस संविधानलाई धरापमा पार्थे कि भनेर चिन्तित थियौं ।

केपी ओली अहिलेको संविधानमा रहेको गणतन्त्र, धर्म निरपेक्षता, समावेशी समानुपातिक, र संघीयतालाई एक एक गरि सिध्याउने खेलमा लागेको बताए । अहिलेका प्रधानमन्त्री प्रतिगामी सोचाइ भएका व्यक्ति हुन् । उनी पहिलो संविधानसभाको चुनाव पनि हारेका थिए ।

उनी सुरु देखी नै मधेश आन्दोलनको खरो आलोचक हुन् । केही दिनमा नै हुने परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको भारत भ्रमण, संयुक्त बैठक र नेपालले जारी गरेको नयाँ राजनितिक नक्सा, जुन भारतको हिसाबले गैर कानुनी छ, त्यस बारेमा सोधिएको प्रश्नमा नेपालका लागि भारतिय पुर्व राजदुत रन्जित रे ले भारत नेपालसँगको सम्बन्धमा केहि अस्पष्टता रहेको बताए ।

उनले भने , ‘नेपालले नयाँ राजनितिक नक्सा जारी गरेपछि भारत र नेपालबीच सम्बन्ध टाढिएको थियो । रिक्त ठाँउमा अन्य शक्तिले ठाँउ ओगट्न खोजेका छन् । ’ नेपालको उत्तरी छिमेकि, चीन पछिल्लो केहि महिनायता निकै सक्रिय रहेको पनि उनले बताए ।

नेपालको अहिलेको राजनितिक अस्थीरतामा चीनको भुमिका बारे सोधिएको प्रश्नमा डा.बाबुराम भट्टराईले नेपालले सन्तुलित छिमेकी नीति लिन खोजेको बताए । कुनै पनि छिमेकीबाट हुने हस्तक्षेप मान्य नहुने नेता भट्टराईको जोड थियो । तर चीनले नेपालमा अभ्यास गर्ने गरेको कुटनीति पछिल्लो समयमा परिवर्तन आएको पुर्व राजदुत रन्जित रेले बताए । उनले भने, ‘चीनको चासो पहिले सरकारको स्तरमा हुने गर्थ्यो तर अहिले नेकपा र चीनको कम्युनिष्ट पार्टी बीचको सम्बन्ध व्यापक भएको छ।

पहिले चीनियाँहरुको चासो तिब्बत र केहि प्रोजेक्टमा मात्रै सिमित थियो । तर अहिले परिदृश्य फेरिएको छ ।’

चीनको बढ्दो चासोबारे सोधिएको प्रश्नमा भने नेता भट्टराई मौन बसे । अर्को प्रशंगमा नेता भट्टराईले मधेशको मालिलामा सधैँ नकरात्मक रहने ओलीले धोती र्‍याली निकालेर मधेशी जनताको अपमान गरेको उल्लेख गरे । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend