
बैतडी। बैतडीमा एक १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ । बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । पञ्चेश्वर गाउँपालिकाकी किशोरीलाई बलात्कार गरेको आरोपमा स्थानीय २३ वर्षीय प्रविन चन्द पक्राउ परेका छन्।
घटनामा संलग्न अर्का एक जना व्यक्ति फरार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
गत पुस १५ गते घरमै बसिरहेकी ती किशोरीलाई ती युवाले सामुहिक बलात्कार गरेर फरार भएका थिए । पीडित परिवारले प्रहरीमा उजूरी दिएपछि चन्द मंगलबार साँझ पक्राउ परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend