बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

ब्राइटनलाई हराउँदै म्यानचेस्टर सिटी तेस्रो स्थानमा

ब्राइटनलाई हराउँदै म्यानचेस्टर सिटी तेस्रो स्थानमा

काठमाडौं।  इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लिएको छ । गए राति भएको खेलमा ब्राइटनलाई एक शून्य गोल अन्तरले हराउँदै म्यानचेस्टर सिटी अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।

म्यानचेस्टर सिटीका लागि पहिलो हाफको अन्तिम समयमा फिल फोडेनले गरेको एक गोल नै निर्णायक बन्यो । फोडेनले केबिन डि ब्रुएनाको पासको मद्दतमा खेलको ४४ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै म्यानचेस्टर सिटीले १६ खेलबाट ३२ अंक जोडेको छ । पराजित ब्राइटन भने १४ अंककासाथ तालिकाको १७ औं स्थानमा छ । यस्तै, गएराति नै भएको अर्को खेलमा टोटनह्याम र फुलह्यामले एकरएक गोलको बराबरी गरेका छन् । खेलको २५ मिनेटमा टोटनह्यामका लागि ह्यारी केनले एक गोल गरे ।

त्यसपछि दबाबमा परेको फुलह्यामले खेलको ७४ औं मिनेटमा एक गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए । फुलह्यामका लागि इभान काभालिरोले गोल गरेका हुन् । 

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend