शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

आठ महिनापछि चीनमा कोरोना भाइरस संक्रमितकाे मृत्यु 

आठ महिनापछि चीनमा कोरोना भाइरस संक्रमितकाे मृत्यु 

काठमाडाैं । चीनमा आठ महिनापछि पहिलो पटक कोरोना भाइरसका कारण एक जनाकाे मृत्यु भएकाे छ । 

चीनले आठ महिनापछि कोरोना भाइरसको सङ्क्रमणबाट हेबेइ प्रान्तमा बिहीबार एक जनाको मृत्यु भएकाे अलजजिराले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि यहाँ यातायात, बजार पसल तथा विद्यालय बन्द भएका छन्  ।

जोखिमयुक्त सहरमा त्यहाँको सरकारले लकडाउन गरेको छ । राजधानी बेइजिङसँग जोडिएको हेबेइमा केही दिन अघिमात्र एकैदिन ५० जनाभन्दा बढी सङ्क्रमित भेटिएका थिए । चीनमा पछिल्लाे २४ घण्टामा १ सय ३८ जना सङ्क्रमित भेटिएका छन् । गएको वर्षको मार्च महिनापछि एकैदिन यति धेरै मानिसमा सङ्क्रमण भएको यो पहिलो पटक हो । 

यसैबीच कोरोना भाइरसको उत्पतिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) काे टोली बिहीबार चीन पुगेकाे छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend